‘भिजिट २०२०’का ‘स्पेशल इभेन्ट्स’ यस्ता छन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 10:19:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’मा गरिने मुख्य कार्यक्रम सार्वजनिक गरेको छ । भ्रमण वर्षको आधिकारिक वेबसाइडमार्फत सार्वजनिक गरिएका कार्यक्रममा काठमाडौँ र जनकपुरमा ३६५ दिने रात्री यात्रादेखि उच्च हिमाली भेगमा साहसिक पर्यटकीय गतिविधिसम्म समावेश छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले विभिन्न ३ क्रियाकलापका लागि नेपाल घुम्नैपर्ने जनाएको छ । काठमाडौँ र जनकपुरमा ३६५ दिने रात्री यात्रा बाहेक मन्त्रालयले मुस्ताङमा ‘१७० किलोमिटर’ ट्रेल रेस र सगरमाथा आधार शिविरमा ‘एभरेष्ट म्याराथुन’ आयोजना गर्ने भएको छ । अप्रिल र मे महिनामा आयोजना हुने यी ‘इभेन्ट’ गरेर सन् २०२० को भ्रमण वर्षबाट नेपाल पर्वतीय साहसिक क्रियाकलापको लागि उत्कृष्ठ गन्तव्य हो भनेर चिनाउन सकिने सरकारको योजना छ । 

काठमाडौँ र जनकपुरमा ३६५ दिने रात्री यात्रा 

मुस्ताङमा ‘१७० किलोमिटर’ ट्रेल रेस

सगरमाथा आधार शिविरमा ‘एभरेष्ट म्याराथन’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved