३ लाख सार्वजनिक सवारीमा भ्रमण वर्षको स्टिकर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 03:26:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा सञ्चालित करिब ३ लाख सार्वजनिक सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामग्री टाँसिने भएको छ । नेपाल भ्रमण वर्षको प्रचार गर्न सार्वजनिक सवारीका साधनमा भ्रमण वर्षको लोगो अंकित स्टिकर टाँसिने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले स्टीकर र लोगो यातायात व्यवसायीलाई बितरण गरेका छन् । 

मन्त्री भट्टराईले उपत्यकाभित्रका एक हजार सवारी चालक र सहचालकहरुलाई भ्रमण वर्षका बारेमा तालिमको व्यवस्था गरिने जानकारी समेत गराए । उनका अनुसार त्यसैगरि सार्वजनिक यातायातमा सरसफाईको चेतना विकास गर्न १ सय जना स्वयमसेवक परिचालन गरिने छ ।

यी कामको समन्वय पर्यटन मन्त्रालयमा, भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन बोर्ड, स्थानीय तह, यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्रेड युनीयन, ट्राफिक प्रहरी लगायतले गर्ने समझदारी समेत भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved