च्याम्बरद्वारा भ्रमण वर्षको प्रबर्द्धनात्मक आकृति अनावरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2019 | 08:42:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी प्रवद्र्धनका लागि आज चेम्बर भवन कान्तिपथमा प्रवद्र्धनात्मक सन्देशसहितको भ्रमण वर्षको लोगो अनावरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले करीब ३० फिट चौडाई तथा ३० फिट लम्बाइको भ्रमण वर्ष २०२० को लोगोसहितको आकृतिको अनावरण गरेका हुन् ।

उनले यस्ता प्रवद्र्धनात्मक कार्यको प्रचारप्रसार निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्सले गरेकोले अन्य संस्थामा यस कार्यबाट प्रेरणा मिल्ने बताए । भ्रमण वर्ष कार्यक्रमका संयोजक सुरज वैद्यले सरकारी निजी क्षेत्रको सहकार्यको रुपमा यस्ता प्रवद्र्धनात्मक कार्यले भ्रमण वर्ष २०२० पूर्णत सफल, प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरले काठमाडौँमा भ्रमणवर्ष २०२० को लोगोसहितको प्रवद्र्धनात्मक सामग्रीको प्रचारप्रसार गर्न पाएकोमा खुशी व्यक्त गर्दै भविष्यमा पर्यटन प्रवद्र्धनात्ममा सक्रियता जनाउने दृढता व्यक्त गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved