‘जिल्लाबासिको अपनत्व हुने गरी रामेछाप महोत्सव आयोजना हुन्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2020 | 03:13:07 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल भ्रमण वर्ष २०२०’को अवसरमा रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी तीव्र गतिमा अघि बढेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै जिल्लामा उत्पादित कृषि उपजको बजारीकरण गर्ने मुख्य उदेश्यका साथ फागुन ६ गते देखि १५ गतेसम्म चल्ने ‘रामेछाप कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव’को तयारी तीव्र गतिमा अघि बढेको कार्यक्रम संयोजक सोनु कुमार रोकाले बताए ।

बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउने र उत्पादित कृषि उपजहरुको बजार विस्तार गर्ने मुख्य लक्ष्यका साथ तयारीलाई तीव्रता दिईएको रोकाको भनाई छ । ‘जिल्लाका सबै ठाँउका सबै उत्पादनलाई महोत्सवमा स्थान दिने र सबै खाले उद्योगी व्यवसायीलाई समेटेर यो महोत्सवलाई सबैले आफ्नो अपनत्व लिने वातावरण बनाउन हामी लागिपरेका छौँ’ उनले भने । 

रामेछापको मन्थलीलाई सगरमाथा क्षेत्रको ‘गेट वे’का रुपमा विकास गर्ने गरी महोत्सव आयोजना गर्न लागिएको कार्यक्रम संयोजक रोकाले बताए । हाल सगरमाथा क्षेत्रमा जाने पर्यटकको उडान मन्थली विमानस्थलबाट हुँदै आएको छ ।

जिल्लाका सबै क्षेत्र र समुदायबीच सामाजिक सम्बन्ध कायम गराउने उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सवको रामेछाप उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको हो । मन्थली नगरपालिका मुख्य प्रायोजक र सामाजिक सशक्तिकरण नेपाल सह–आयोजक रहेको महोत्सवमा जिल्लाका सबै जातजातीका झाँकी प्रदर्शनी, जिल्ला भित्रका साना उद्योगीद्धारा उत्पादित बस्तुको प्रदर्शनी, दोलखा र रामेछापको सीमा क्षेत्र शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न हेलिकप्टरबाट मन्थली–शैलुङ उडान, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्गको वृतचित्र प्रद्धशनी गर्ने लगायतका कार्यक्रम छन् । 

कृषी, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान, भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा ४७ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved