चिलीमा एक सैनिक विमान बेपत्ता भएको छ । चिलीको पुन्टा एरिनासबाट एनटारटिकाको लागि उडेको सी १३० हरक्युलिस् विमान उडेको १ घण्टामा सम्पर्क बिहिन भएको हो । स्थानीय समय अनुसार १६:५५ मा उडेको विमान १८:०० मा सम्पर्कबिहीन भएको बिबिसीले जनाएको छ ।
विमानमा ३८ जना सवार थिए । जसमा १७ चालक दलका सदस्य, २१ यात्रु थिए । विमानको खोजि कार्य जारि रहेको बताईएको छ ।