बिल गेट्सले माइक्रोसफ्ट छोडे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2020 | 10:11:09 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वका धनीको सूचीमा अग्रस्थानमा रहेका बिल गेट्सले ‘माइक्रोसफ्ट’को बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका छन् । बिल गेट्स  अब कम्पनीको प्राविधिक सल्लाहकारका रुपमा मात्रै रहनेछन् । 

सामाजिक सेवामा क्रियाशील रहने भन्दै उनले उनले पदबाट राजीनामा दिएको र उनले विश्वको स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्न चाहेको माइक्रोसफ्टले जनाएको छ । बिल गेट्स माइक्रोसफ्ट कम्पनीको सहसंस्थापक हुन् । उनले सन् १९७५ मा पाउल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गरेका थिए । सन् २००० सम्म बिल गेट्सले माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए ।

बिल गेट्सको राजीनामासँगै माइक्रोसफ्टको बोर्डमा अब १२ जना मात्रै बाँकी छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved