चीनले बनाएको कोरोना बिरुद्दको खोपले पायो 'पेटेन्ट राइट'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 06:35:38 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनले कोरोना बिरुद्द बनाउन लागेको एउटा खोपलाई पेटेन्ट अधिकार दिएको छ । चीनकाे बाैद्धिक सम्पदा नियामक संस्थाले पेटेन्ट अर्थात् सर्वाधिकार दिएको हो। 

खाेप कम्पनी क्यानसिनाे बायलजिक्स कर्पाेरेशनले तयार पारिरहेको खोपले पेटेन्ट अधिकारी पाएको हो ।  उक्त खोपको नाम एडी५–एनसीओभी (Ad5-nCOV) दिइएको छ । यस सँगै अब त्यस कम्पनीले बनाएको खोपको अरु कसैले पनि नक्कल गर्न पाउने छैन।  

खाेपमा काेराेना भाइरसविरुद्ध प्रतिराेधात्मक क्षमता बढाउन सहयोग गर्ने बताईएको छ । यो खोपले विभिन्न चरण पार गर्दै क्लिनिकल परीक्षणको तयारी गरेको छ । क्लिनिकल परीक्षणमा जानको लागि पेटेन्ट अधिकार नभए पनि हुन्थ्यो । सोहि कारण यसलाई मेडिकल  उपलब्धि नभइ व्यावसायिक उपलब्धि मानिएकाे छ । 

उता रुसले भने कोरोना भाइरस बिरुद्दको खोपको ब्यवसायीक उत्पादन नै थालिसकेको जनाएको छ । रुसी राष्ट्रपतिकी छोरी  रुसले बनाएको खोप लगाउने पहिलो व्यक्ति बनेकी थिईन् ।  

विश्वका विभिन्न देशहरु पनि खोप बनाउने प्रयत्नमा छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved