ठुला कर्पोरेट हाउस र औद्योगिक घरानालाई बैंक लाईसेन्स दिन आरबिआईको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2020 | 09:56:31 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा कर्पोरेट हाउस र ठुला औद्योगिक घरानालाई बैंक खोल्ने लाईसेन्स दिन केन्द्रीय बैंक कै कमिटिले प्रस्ताव गरेको छ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाको एक आन्तरिक कमिटिले हाल विद्यमान रहेको बैंक लाईसेन्स नीतिलाई परिवर्तन गर्दै कर्पोरेट हाउस र ठुला औद्योगिक घरानालाई बैंक खोल्ने लाईसेन्स दिन प्रस्ताव गरेको हो  ।

कमिटिले बैंकिङ नियमन ऐनलाई नै संशोधन गरेर लाईसेन्स प्रक्रियालाई खुकुलो बनाउन प्रस्ताव गरेको हो  । कमिटिले कर्पोरेट हाउस र ठुला औद्योगिक घरानाको एनबिएफसी भनिने  'नन बैंकिङ फाईनान्सियल कम्पनी'लाई लाईसेन्स दिन प्रस्ताव गरेको हो । भारतमा अहिले पनि कतिपय एनबिएफसीहरुको कारोबार मध्यम स्तरका बैंकको भन्दा ठुलो छ  । कमिटिले ५० हजार करोड भन्दा बढी सम्पति भएका एनबिएफसीलाई बैंकको लाईसेन्स दिन प्रस्ताव गरेको हो ।

कमिटिको प्रस्ताव कार्यन्वयन भएमा आदित्य बिरला समुह, बजाज ग्रुप, महिन्द्रा ग्रुप, टाटा सन्स्, अम्बानी समुह, रिलायन्स, लगायतका समुहले बैंक लाईसेन्स पाउँन सक्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । यी मध्ये धेरैले यस अघि पनि बैंकको लाईसेन्सको लागि आवेदन दिएका थिए, तर केन्द्रीय बैंकले लाईसेन्स दिन अस्विकार गरेको थियो ।

कमिटिले बैंकहरुमा संस्थापकको हिस्सा १५ प्रतिशतबाट बढाएर २६ प्रतिशतसम्म पुर्याउन प्रस्ताव गरेको छ । साथै कमिटिले लक इन पिरियडको समयमा संस्थापकले आफ्नो शेयर प्लेजमा राख्न नपाउने ब्यबस्था गर्न प्रस्ताव गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved