सरकारकाले २ वटा आन्तरिक विमानस्थल निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ बाट तेह्रथुमको चुहानडाँडा र काभ्रेपलाञ्चोकको उपर्युक्त स्थानमा आन्तरिक विमानस्थलको निर्माण कार्य थालनी गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी वर्ष नयाँ विमानस्थल निर्माण कार्य सुरुसँगै थप ३ वटा आन्तरिक विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिने जानकारी दिईन् ।