सरकारले माग्यो बजेटको लागि सुझाव, चैत्र मसान्त भित्र दिईसक्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2022 | 01:47:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि सुझाव माग गरेको छ । अर्थ मन्त्रालयले  आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने बिषयहरुका सम्बन्धमा आफ्ना सुझावहरु आगामी २०७८ चैत्र मसान्तभित्र मन्त्रालयमा उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेको छ ।

मन्त्रालयल विभिन्न संघ, संस्था, वुद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिकमा सुझाव दिन अनुरोध गरेको छ । उपरोक्त सुझावहरु मन्त्रालयको वेवसाइट www.mof.gov.np मा रहेको Budget Suggestion Tab मार्फत तथा इमेल [email protected] बाट समेत पठाउन सकिने मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा २९ फागुनमा बसेको बैठकले ५ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरिसकेको छ । समितिको संयोजकमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बराल रहेका छन् । सदस्यहरुमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख इश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र बित्तिय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी छन् । ५ सदस्यीय समितिलाई दुई वटा कार्यक्षेत्र तोकिएको छ ।

१) संसदको दुवै सदनमा पेश गरिने बिनियोजन बिद्येयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने ।

२) आर्थिक बर्ष २०७९–८० को बजेट बक्तव्यको मस्यौदा तयार गरी पेश गर्ने ।

समितिले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरी पुस्कर कर्ण, बरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्रकुमार उप्रेतीलगायतसँग समन्वय गरी बजेट लेखन कार्य अघि बढाउनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved