सरकारले सिमेन्ट, स्टिल र जुत्ता चप्पलको निर्यातलाई प्रोत्साहन गर्ने नीति लिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० बजेट सार्वजनिक गर्दै सिमेन्ट, स्टिल र जुत्ता चप्पलको निर्यातमा ८ प्रतिशत अनुदान दिईने घोषणा गरेका हुन् ।
उनले विदेशी लगानीको सीमामा पुनरावलोकन गरी २ करोडमा सिमित गर्ने घोषणा पनि गरेका छन् ।