बजेटबारे टानका अध्यक्षको प्रतिक्रिया, ‘उत्साहित हुनुपर्ने अवस्था छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 07:38:18 PM मा प्रकाशित

सरकारले ल्याएको बजेटले पर्यटन क्षेत्र उत्साहित हुने अवस्था नरहेको व्यवसायीहरुले बताएका छन् । 

पर्यटन क्षेत्रका लागि पदमार्ग बनाउने, केही छुट र सहुलियत दिने घोषणा गरेपनि कोरोनाका कारण गुज्रिएको पर्यटन क्षेत्र उत्साहित हुने खालको बजेट नआएको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष खुम सुवेदीको भनाई छ । उनले भएका केही घोषणा सकारात्मक हुँदाहुँदै पनि कार्यान्वयन नहुने पूरानो समस्या रहेकाले आफूहरु उत्साहित हुन नसकेको बताए ।

‘केही कुराहरु हरेक वर्ष समेटिन्छन्, पहिला पनि आएका कुरा सुन्दा राम्रै थिए’ अध्यक्ष सुवेदीले भने, ‘तर, हाम्रो देशमा कार्यान्वयन पक्ष सधैँ कमजोर रहँदै आएको छ, यसपाली पनि आएका विषयहरु कार्यान्वयन भईदिए त केही राम्रै हुन्छ, तर कार्यान्वयन हुन्छ भन्नेमा व्यवसायीहरु विश्वस्त हुने वातावरण छैन ।’ 

१० पर्यटक भित्र्याउने, पर्या पयर्टन, खेल पर्यटनको प्रवद्र्धन गर्ने सकारात्मक रहेको तर, त्यसका लागि पूर्वाधार र कानुनी अड्चन मुख्य समस्या रहेको अध्यक्ष सुवेदीले संकेत गरे ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved