
मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गरेको छ । प्रधानमन्त्री कार्यालयमा बसेको सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले बजेट स्वीकृत गरेको हो ।
आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक अब संसदमा प्रस्तुत हुनेछ ।
मन्त्रिपरिषदबाट स्वीकृत भएको बजेट आज अपरान्ह ४ः१५ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्ने छन् ।
१७ खर्बभन्दा केही बढीको बजेट तयार भएको बताइएको छ ।