आगामी बजेटको सिद्धान्त र प्राथमिकता आज सार्वजनिक हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2024 | 08:23:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त र प्राथमिकता आज सार्वजनिक हुने भएको छ । आज बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले  "आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्य सूची रहेको छ।

यस अघि बजेट आउनु भन्दा २ साता अगाडी मात्र बजेटका  सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्ने गरिएको थियो। यस पटक भने  बजेट आउनुभन्दा तीन महिना अगाडि नै बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस हुन लागेको हो । सांसदले दिने सुझावलाई   बजेटमा समेट्नको लागि ३ महिना अगाडी नै सरकारले बजेटका  सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्न लागेको हो।  १५ चैतभित्र बजेट तथा कार्यक्रमका सिद्धान्तमा समावेश गर्नुपर्ने वा हटाउनुपर्ने विषय भए सुझाव दिन सकिने व्यवस्था गरिएको छ । 

सरकारले १५ जेठमा आगामी आवको बजेट सार्वजनिक गर्ने गर्छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved