आगामी बजेटको सिद्धान्त र प्राथमिकतामा वित्तीय क्षेत्र र पुँजीबजारबारे के के विषय समेटिए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2024 | 02:27:50 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेको छ। आजको  प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले  "आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका हुन्।

सिद्धान्त र प्राथमिकतामा वित्तीय क्षेत्र सुदृढीकरणलाई प्राथमिकता दिइएको छ।  जसमा वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण थप प्रभावकारी बनाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो वित्तीय क्षेत्र विकास गरिने उल्लेख छ । बैंक तथा वित्तीय संस्था, लघु वित्त, बीमा र पुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्नुका साथै पारदर्शिता र जवाफदेहिता सुदृढ बनाइने सिद्धान्त र प्राथमिकतामा उल्लेख छ ।

त्यस्तै सहकारी क्षेत्रको नियमनका लागि आवश्यक कानुनी र संस्थागत व्यवस्था मिलाइने उल्लेख छ। लघु वित्त र सहकारीमा बचतकर्ताको लगानी सुरक्षाको व्यवस्था मिलाइने मन्त्री महतले उल्लेख गरेका छन् ।

सिद्धान्त र प्राथमिकतामा भनिएको छ ' वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण थप प्रभावकारी बनाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो वित्तीय क्षेत्र विकास गरिनेछ। बैंक तथा वित्तीय संस्था, लघु वित्त, बीमा र पुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्नुका साथै पारदर्शिता र जवाफदेहिता सुदृढ बनाइनेछ । सहकारी क्षेत्रको नियमनका लागि आवश्यक कानुनी र संस्थागत व्यवस्था मिलाइनेछ। लघु वित्त र सहकारीमा बचतकर्ताको लगानी सुरक्षाको व्यवस्था मिलाइनेछ ।' 

हेर्नुस् सिद्धान्त र प्राथमिकताको पूर्णपाठ : 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved