बीमा समितिले पुनर्बीमा
दलाल (ब्रोकर) सम्बन्धि निर्देशिका ल्याएको छ । समितिले पनुर्बीमा दलाल (ब्रोकर)
को पूँजी निर्धारण गरी दर्ता तह नियमनको ब्यबस्था मिलाई
पुनर्बीमा बजारको विकास गर्ने उदेश्यले निर्देशिका ल्याईएको जनाएको छ ।
निर्देशिकाले पुनर्बीमा दलाल (पुनर्बीमा ब्रोकर) भन्नाले जोखिमको
पुनार्बीमाको ब्यबस्था गर्ने, प्लेसमेन्ट गर्ने तथा
मिलान गर्ने बीमक वा पुनर्बीमक र पुनर्बीमकबीच मध्यस्ठको कार्य गर्ने इजाजत
प्राप्त संस्था भनी परिभाषित गरेको छ । यस्तो संस्थाको अधिकृत
पुंजी कम्तिमा १० करोड हुनु पर्ने र त्यसमध्ये कम्तिमामा ५० प्रतिशत चुक्ता भएको
हुनु पर्ने छ । अधिकृत पुंजीको २५ प्रतिशत रकम वाणिज्य बैंकका मुद्दती खातामा राख्नु पर्ने छ । यस्तो संस्थाले बीमा समितिसंग इजाजत लिनु पर्ने र
समितिले अनुमति दिएपछि संस्थाले कार्य गर्न सक्ने छन् ।
पुनर्बीमा
दलालको कार्यहरू निम्न बमोजिम हुने ब्यबस्था निर्देशिकाले गरेको छ ।
(क)बीमकले जारी गरेको बीमालेख अन्तर्गत उत्पन्न हुने दायित्वको सम्बन्धमा बीमक (पुनर्बीमित) को तर्फबाट पुनर्बीमक तथा पुनर्बीमकको तर्फबाट अर्को पुनर्बीमकसँग मध्यस्थता गर्ने,
(ख)पुनर्बीमा विशेषता सेवा र प्राविधिक परामर्श दिने
(ग) बीमा÷पुनर्बीमा बजारको तथ्याङक विश्लेषण गरी पुनर्बीमित÷पुनर्बीमकलाई उपलब्ध गराउने
(घ)पुनर्बीमा दावी भुक्तानी सहजीकरण गर्ने
(ङ)पुनर्बीमा सम्झौता तयार गर्न सहयोग गर्ने
(च)पुनर्बीमा सम्झौता अनुरूपको लिने÷दिने रकमको हिसाव फरफारक गर्न सहयोग गर्ने ।
(छ)जोखिम अनुसार उपयुक्त पुनर्बीमा व्यवस्था गर्न सहयोग गर्ने
(ज) बीमितको लागि उपयुक्त पुनर्बीमा दर प्राप्त गर्न प्रयत्न गर्ने ।
(झ)विदेशी बीमकले विदेशी मुलुकमा जारी गरेको बीमालेख अन्तर्गत उत्पन्न हुने जोखिम सम्बन्धमा नेपाली पुनर्बीमक वा पुनर्बीमकसँग मध्यस्थता गर्ने,
(ञ) पुनर्बीमितको आवश्यकता अनुरुप पुनर्बीमा व्यवस्था गराउने,
(ट) बीमक तथा पुनर्बीमकको सहमति अनुसार कभरनोट जारी गर्ने,
(ठ) पुनर्बीमित तथा पुनर्बीमक बीच लिनु दिनु पर्ने रकमको समर्थन पत्र उपलब्ध गराउने,
(ड) आफुले पुनर्बीमा व्यवस्था गरे गराएको पुनर्बीमा सम्झौता अन्तर्गत बीमकमा पर्ने दावीहरूको फर्छयौट गर्ने गराउने ।
(ढ) पुनर्बीमितलाई पुनर्बीमकको ख्याति र रेटिङ बारे जानकारी तथा परामर्श दिने ।
(ण)पुनर्बीमा दलालले गर्ने अन्र्तराष्ट्रिय अभ्यास अनुसारका अन्य कार्यहरू गर्ने गराउने ।
पुनर्बीमा
दलालको कर्तव्य निम्न अनुसार तोकिएको छ ।
(क)पुनर्बीमा गर्न अघि त्यस्तो पुनर्बीमा सम्झौताबाट उत्पन्न हुने दायित्व स्वीकार गर्ने सम्बन्धमा पुनर्बीमकबाट अख्तियारी प्राप्त गर्नु पर्नेछ ।
(ख) पुनर्बीमा दिने पुनर्बीमित र पुनर्बीमा स्वीकार गर्ने पुनर्बीमक दुवैसँग पुनर्बीमा दलालले पूर्ण सद्धिश्वास कायम राख्नु पर्नेछ ।
(ग) पुनर्बीमा दलाले आफुले एबिअझभलत गर्ने पुनर्बीमकको आर्थिक तथा क्यखिभलअथ स्थितिको अद्यावधिक विश्लेषण तथा पुनर्बीमकको क्रेडिट रेटिङ्ग स्थितिको रेकर्ड राख्नुपर्नेछ ।
(घ) बीमक वा पुनर्बीमित को निर्देशन अनुसार कार्य गर्नु पर्नेछ ।
(ङ)पुनर्बीमितले चाहेको जोखिममा मात्र पुनर्बीमा गर्नुपर्नेछ ।
(च)पुनर्बीमा गर्न नसकेमा, पुनर्बीमा अस्वीकृत भएमा वा पुनर्बीमा स्वीकृत गर्न ढिला भएमा पुनर्बीमितलाई जानकारी दिनुपर्नेछ ।
(छ) पुनर्बीमा सम्झौताद्धारा हस्तान्तरण हुने व्यवसाय सम्बन्धमा पुनर्बीमकसँग कुनै सम्बन्ध भएमा खुलासा गर्नुपर्नेछ ।
(ज) माथि (९) घ मा उल्लेखित पुनर्बीमकबाट Placement Slip लिएर मात्र पुनर्बीमकको तर्फ बाट पुनर्बीमा कभरनोट जारी गर्नुपर्नेछ ।
(झ)उपयुक्त पुनर्बीमा सम्झौता तयार गरी पुनर्बीमकको हस्ताक्षर गराई पुनर्बीमित समक्ष पेश गर्नपर्नेछ ।
(ञ)पुनर्बीमक र पुनर्बीमित बीच सुचना आदान प्रदान गरि दिनपर्ने छ ।
(ट) पुनर्बीमक र पूनर्बीमित बीच पुनर्बीमा शुल्क वा दायित्व वापतको रकम वा अन्य रकम पठाउने कार्य गर्नपर्नेछ ।
(ठ) आफुले बुझेको तथा पठाएको रकमको लेखा राख्नुपर्नेछ ।
(ड) अवधि समाप्त भएको दश वर्षसम्म आफ्नो पुनर्बीमा सम्बन्धि कारोबारको अभिलेख राख्नुपर्नेछ ।