सिटिजन लाइफ इन्स्योरेन्स Citizen Life Insurance Company ले दाबीकर्तालाई दुई दिनमा नै रकम प्रदान गरेको छ । इन्स्योरेन्सले टीकापुर शाखाबाट बीमा गरेकी टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ बस्ने शोभा कुमारी बमको परिवारलाई दुई दिनमा नै सो रकम दिएको हो ।
इन्स्योरेन्सकाअनुसार बीमितका अभिकर्ताले अनलाईनबाटै दाबी प्रकृया अगाडि बढाएका थिए र सो अनुसारको दाबी रकम दाबीकर्तालाई कम्पनीले दुई कार्य दिनमै प्रदान गरेको हो ।
लकडाउनको समयमा उनका श्रीमान धु्रब खत्रीलाई सिटीजन लाइफ इन्स्योरेन्समा गरेको जीवन वीमाको दाबी फर्छौट भरपाइमा हस्ताक्षर गराउन घरसम्म पुगेर क्षेत्रीय शाखा प्रमुख केशव राज गिरीले उल्लेखित लाभ रकम १० लाख, बोनस रकम ३५ हजार तथा काजकृया खर्च बापत रु. ५० हजार गरी जम्मा १० लाख ८५ हजारको रकम दाबीकर्ता धु्रब खत्रीको बैकं खातामा अनलाइन मार्फत जम्मा गरिएको र सोको निस्सा दाबीकर्तालाई हस्तान्तरण गरेको इन्सेरेन्सले जनाएको छ ।
बीमितले एक किस्ता बराबरको ७८ हजार ७ सय सन्तानब्बे रकम जम्मा गरेको जनाइएको छ । रकम बिमितको खातामा जम्मा भइसकेको कुरा बीमितका श्रीमान धु्रब राज खत्रीले जानकारी गराए ।
कम्पनीले परिवारका सदस्यलाई बीमा वापतको रकम हस्तान्तरण गरे पश्चात सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य काम गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले उल्लेख गरेका छन् । उनले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमा सम्बन्धी चेतना बढाउनु पर्नेमा जोड दिएका थिए ।
उनले बीमित, अभिकर्ता लगायत अन्य सरोकारवालाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिईने बताए ।