नेपालगञ्जमा बन्ने भयो नेशनल लाईफको अत्याधुनिक सुविधा सम्पन्न भवन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2022 | 05:18:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा नयाँ भवन बनाउँन लागेको छ। इन्स्योरेन्सले करिब ३५ करोडको लगानीमा ७ तल्ले अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवन निर्माण गर्न लागेको हो। 

२०७९ मंसिर २२ गते विहानको ७ बजेर ३१ मिनेटको शुभ साईतमा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले निर्माणको औपचारिक शिलान्यास गरेकी हुन्। जग पुजा तथा शिलान्यास कार्यक्रममा कम्पनीका अध्यक्ष, संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, कम्पनीका विभिन्न शाखा कार्यालयहरुका कर्मचारीहरु लगायत सो क्षेत्रका वरिष्ठ अभिकर्ताहरुको उपस्थिति रहेको थियो।

कम्पनीका अनुसार नेपालगंजस्थित सुर्खेत रोडमा रहेको करिव साँढे चार कट्ठा जमिनमा निर्माण गर्न लागेको उक्त अत्याधुनिक भवन, सुविधा सम्पन्न अण्डरग्राउण्ड पार्किङ सहितको हुनेछ । भवनको निर्माण सम्पन्न भएपछि सो भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गर्न सकिनेछ ।

आधुनिक प्रविधि सहित नेपालगंजकै नमूना भवनको रुपमा सम्पन्न हुन लागेको हुँदा सो भवन निर्माण पछि नेपालगंज लुम्विनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको कम्पनीले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved