लघुबीमा कम्पनीले शेयरमा पनि लगानी गर्न पाउने, यस्तो बन्यो निर्देशिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2022 | 06:13:25 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुले लगानी गर्न पाउने क्षेत्र छुट्याईदिएको छ । प्राधिकरणले जारी गरेको लघु बीमकको लगानी निर्देशिका अनुसार यी कम्पनीहरुले सरकार तथा राष्ट्र बैंकको वचतपत्र वा ऋणपत्र, बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, बैंक वित्तीय संस्थाको अग्राधिकार शेयरमा लगानी गर्न सक्नेछन्। 

त्यस्तै सूचिकृत पब्लिक कम्पनीको बन्ड, डिवेन्चर, ऋणपत्र तथा साधारण शेयर र नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा लगानी गर्न सक्नेछ। 

यो बाहेक अन्यन्त्र लगानी गर्न नमिल्ने गरि प्राधिकरणले व्यवस्था गरेको छ। लघुबीमा कम्पनीले बैक तथा वित्तीय संस्थामा लगानी गर्नको लागि पनि मापदण्ड तोकिएको छ । कम्पनीले लगानी गर्ने बैंक तथा वित्तीय कम्पनी राष्ट्र बैंकले तोकेको पुजीँकोष कायम भएको, तोकिएको सीमाभन्दा बढी निष्कृय कर्जा नभएको र शीघ्र सुधारात्मक कारबाहीमा नपरेको हुनुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी बीमकले सहायक कम्पनीमा पनि लगानी गर्न पाउने छन् तर यसको लागि प्राधिकरणबाट अनिवार्य स्वीकृत लिनुपर्ने प्रावधान रहेको छ। 

यस्तो छ जीवन तथा निर्जीवन लघुबीमाको लागि लगानीको सिमा सम्बन्धी व्यवस्था  

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र वा ऋणपपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्रमा कुल लगानीको कम्तीमा पच्चिस प्रतिसत सम्म लगानी गर्नु पर्ने छ। यदि यो सिमा अनुरुप लगानी गर्न नसकेमा वाणिज्य बैंक वा पूर्वधार विकास बैंकको मुद्दति निक्षेपमा लगानी गर्न सक्नेछन्। यसो त वाणिज्य तथा पूर्वाधार विकास बैंकको निक्षेपमा कुल लगानीको कम्तीमा तीस प्रतिशतसम्म लगानी गर्न सक्नेछन्। यस्ता बैंक कम्तिमा ५ वर्ष सञ्चालनमा आई नियमित रुपमा लेखापरीक्षण गरेको र तीन वर्षसम्म नाफामा रहेको हुनुपर्ने छ। एउटामा १५ प्रतिशत भन्दा बढी लगानी गर्न पाईने छैन। साथै सञ्चालनमा आएको ५ वर्ष नपुगेमा कुल लगानीको ५ प्रतिशत मात्रै एउटा बैंकमा लगानी गर्न सक्नेछन्। जस्तो अहिलेको अवस्थामा नेपाल इन्फ्रास्टक्चर बैंकमा ५ प्रतिशत भन्दा लगानी गर्न पाउँदैनन्। 

विकास बैंकको निक्षेपमा कुल लगानीको १० प्रतिशत सम्म मात्रै लगानी गर्न सक्नेछन्। यस्ता बैंकहरुपनि कम्तिमा ५ वर्ष सञ्चालनमा आई नियमित रुपमा लेखापरीक्षण गरेको र तीन वर्षसम्म नाफामा रहेको हुनुपर्ने छ। यस्तो बैंकको निक्षेपमा एउटा बैंकमा कुल लगानीको ५ प्रतिशत र सञ्चालनमा आएको ५ वर्ष नपुगेमा मात्रै दुई प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ। 

यसैगरी गत वर्षको बैंकमा पनि ससर्त  बढीमा पाँच प्रतिशत लगानी गर्न सक्नेछन्। एउटामा बढीमा २ प्रतिशत र सञ्चालनमा नआएको संस्थामा १ प्रतिशत मात्रै लगानी गर्न पाउनेछन्। 

लघु जीवन बिमकले क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयरमा बढीमा ३० प्रतिशत लगानी गर्न सक्छन्। तर, उक्त लगानी रकम कम्पनीको चुक्ता पुजीँको १० प्रतिशत भन्दा बढी हुन भने नपाउने प्रावधान रहेको छ। 

सूचिकृत पब्लिक कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्रमा पनि कम्पनीहरुले बढीमा कुल लगानीको २० प्रतिशतसम्म मात्रै लगानी गर्न सक्छन्। यस्तो लगानीमा पनि कम्पनीको चुक्ता पुजीँको १० प्रतिशत भन्दा बढी लगानी गर्न पाईदैन। 

सूचिकृत पब्लिक कम्पनीको साधारण शेयरमा बढीमा कुल लगानीको १० प्रतिशत गर्न सक्नेछन्। यसमा पनि चुक्ता पुजीँको ५ प्रतिशत भन्दा बढी हुनेगरी लगानी गर्न नपाउने व्यवस्था गरिएको छ। 

नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा पनि बीमकले कुल लगानीको बढीमा ५ प्रतिशतसमम लगानी गर्न सक्छन्। तर एउटै योजनामा कुल लगानीको १ प्रतिशत भन्दा बढी लगानी गर्न भने नपाउने व्यवस्था गरिएको छ। 

उल्लेखित तोकिएको क्षेत्रमा भन्दा बाहीर पनि यी कम्पनीहरुले लगानी गर्न नपाउने प्रावधान रहेको छ। लगानीको सिमा हरेक दिन कायम भएको हुनुका साथे यदि मुल्य घटबढ वा प्रिएम्टिभ राइट वा मर्जर प्रकृयाका कारणले सम्पत्तिको मुल्यले गर्दा तोकिएको सीमा निर्धारण हुन नसकेमा १ महिना भित्रमा निर्धारित सिमा कायम गर्नुपर्ने छ। साथै लगानी गर्दा भुक्तानी गर्न बाँकी दाबी बराबरको रकम दुई वर्ष वा सो भन्दा कम अवधिको मुद्दति निक्षेपमा लगानी गर्नुपर्छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved