बीमा गर्दै पोलिसी त्याग्ने क्रम बढ्दो, बीमा कम्पनीको आम्दानी मै धक्का लाग्ने जोखिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2023 | 04:51:50 PM मा प्रकाशित

laxmi  sunrise bank

मंसिरसम्म साढे ५ अर्ब बढी रकम बराबरका बीमा पोलिसी सरेन्डर(त्याग) भएका छन्। साउनदेखि मंसिरसम्म ५ अर्ब ५७ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरका ३६ हजार ९ सय ३३ बीमालेख सरेन्डर भएका हुन्।  

बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार साउनमा मात्रै १ अर्ब ५१ करोड २७ लाख बराबरका ८ हजार ४ सय २२ पोलिसि सरेन्डर भएका हुन्। भदौमा १ अर्ब १४ करोड ८६ लाख ७१ हजार रुपैयाँ बराबरका ८ हजार ५२ वटा पोलिसी सरेन्डर भएका छन्। त्यस्तै असोजमा ७७ करोड ३२ लाख बढी रकम बराबरका ६ हजार ६३, कार्तिकमा १ अर्ब ११ करोड ९७ लाख ४६ हजार बढी रकमका ६ हजार ७ सय ४७ र मंसिरमा मात्रै १ अर्ब १ करोड ६२ लाख ३१ हजार बराबरका ७ हजार ६ सय ५० वटा बीमालेख सरेन्डर भएका छन्। 

मंसिरसम्मको सरेन्डर सोही अवधिको कुल व्यवसायको ४९ प्रतिशत भन्दा बढी हो। जीवन बीमा कम्पनीहरुले मंसिसम्म प्रथम बीमाशुल्क बापत् ११ अर्ब २७ करोड ८ लाख ९१ हजार संकलन गरेका छन् भने साढे ५ अर्ब रुपैयाँ भन्दा बढीका बीमा त्याग भएका छन्। जुन त्याग गरिएको रकम सोही अवधिको व्यवसायको ४९.४२ प्रतिशत हो। 

रकमको आधारमा हेर्दा मंसिर महिनामा मात्रै नयाँ व्यवसायको ४७ प्रतिशत रकम बराबर सरेन्डर भएको देखिन्छ। मंसिरमा नयाँ व्यवसायबाट २ अर्ब १५ करोड ३६ लाख ३७ हजार रुपैयाँ संकलन भएको छ। सोही अवधिमा १ अर्ब १ करोड ६२ लाख ३१ हजार रुपैयाँ बराबरका पोलिसी सरेन्डर भएका छन्।

संख्याको आधारमा हेर्ने हो भने मंसिरमा जारी भएका बीमालेखको तुलनामा मंसिरमा व्यतित भएका बीमालेखको संख्या मात्रै शुन्य दशमल ७६ हो। अर्थात १० लाख १ हजार १ सय ९९ बीमालेख मंसिर महिनामा मात्रै जारी हुँद सोही अवधिमा ७ हजार ६ सय ५० बीमालेख सरेन्डर भएका हुन्। यसको तात्पर्य ठुलो रकमका बीमालेख सरेन्डर भएका छन् भने नयाँ व्यवसाय कम रकमका आएका छन्। 

यस्तो छ मंसिरको बीमा सरेन्डर विवरण 


No description available.

यसरी बीमा सरेन्डर बढ्नु बीमा बजारको लागि राम्रो मानिदैन। तर, यसलाई नियन्त्रण गर्न न कम्पनीहरु नै सक्षम भएका छन् न त नियामक निकाय बीमा प्राधिकरण नै। पोलिसी सरेन्डर अस्वभाविक बढी भएकोमा बीमा व्यवसाय गर्ने कम्पनी सम्बद्ध व्यक्ति तथा प्राधिकरण सबैले स्वीकार गर्छन्। पछिल्लो सयम यसलाई मुलुकका आर्थिक गतिविधिले समेत थप प्रभावित पारेको उनीहरुको भनाई छ। विगतका वर्षहरुमा बीमालेख व्यतित बजारमा अस्वस्थ प्रतिस्पर्धा तथा असक्षम जनशक्तिको कारण भएपनि यो वर्ष भने महँगिको कारणले बढेको कम्पनी सम्बद्ध व्यत्तिहरु बताउँछन्।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल पनि पछिल्लो समय पोलिसि सरेन्डर बढ्नुमा मुलुकका आर्थिक गतिविधिलाई नै लिन्छन्। ‘पहिला अभिकर्ताले फट्याइँ गरेको देखिन्थ्यो, बजारमा अस्वस्थ प्रतिस्प्रर्धा हुने गथ्र्याे जसरले सरेन्डर बढेको थियो।’ उनले भने, ‘पछिल्लो समय प्राधिकरणले पोलिसि बनाउने देखि कम्पनीलाई सरेन्डर कम गर्न निर्देशन दिँदै आएको छ। बीमा बजार भित्रैका आन्तरिक कमिकमजोरीले हुने सरेन्डरमा अहिले कमि आएको छ।’

बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सार्वजनीक रुपमै तथा सिईओहरुलाई छलफलमै नयाँ व्यवसाय ल्याउनमा भन्दा पनि पुराना व्यवसाय जोगाउन निर्देशन समेत दिँदै आएका छन्। उनले पुराना व्यवसाय बचाउन नसके नयाँ व्यवसाय लिएर मात्रै जीवन बीमा व्यवसाय गर्न नसकिने र पछिलाई नराम्रो प्रभाव पार्नेमा कम्पनीहरुलाई पटकपटक सचेत बनाउँदै आएका छन्। यसो त प्रथम बीमा शुल्क आर्जनको ५० प्रतिशत रकम खर्च हुन्छ। 

प्राधिकरण(तत्कालिन समिति) ले गत वर्ष जीवन बीमालेख सम्बन्धि निर्देशिका जारी गरी पोलिसी किनेको १ वर्षमा नै सरेन्डर गर्न सकिने व्यवस्थालाई परिमार्जन गर्दै ३ वर्ष पछि मात्रै सरेन्डर गर्न सकिने व्यवस्था गरेको थियो। 

यता बहु कम्पनीमा एजेन्ट बनी एउटा कम्पनीमा १ वर्ष पुगेका बिमितलाई सरेन्डर गर्न लगाएर अर्काे कम्पनीको बीमालेख खरिद गराएको पाईएपछि प्राधिकरणले एउटा मात्रै कम्पनीमा एजेन्ट बन्न पाउने समेत नियम लिएको छ। जसले गर्दा बीमा क्षेत्र भित्रका कमजोरीका कारण हुने पोलिसि सरेन्डरमा भने कमि आएको पौडेल बताउँछन्। 

साथै अहिले अन्डरराइटिङलाई पनि कडाई गरेको उनको दाबी छ। जसले गर्दा पहिला ठुला रकमको बीमा गरेका बिमीतले बीमालेख त्याग गरेपनि पछिल्ला बीमालेख सहजै सरेन्डर नहुने किसिमका रहेको उनी बताउँछन्। 

‘फाइनान्सियल अन्डरराइटिङ’ अर्थात् बीमा गर्ने व्यक्तिको आम्दानी स्रोत, खर्चको अवस्था र बचतको अवस्थाको बारेमा जानकारी नलिई गरिने बीमाको कारण बीमा सरेन्डर बढ्नु पुरानै समस्या भएको जानकारहरु बताउँछन्। यद्यपि, पछिल्लो समय बढ्दो महँगी र कमजोर आर्थिक अवस्थाको कारण पनि सरेन्डर बढेको उनीहरुको भनाइ छ।

बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं बीमा सरेन्डरको मुख्य कारण फाइनान्सियल अन्डरराइटिङ राम्रोसँग नगरिनु नै भएको बताउँछन्।साथै, पछिल्ला दिनहरुमा देखिएको बढ्दो बजार मूल्य र सोही अनुसार आम्दानी अनुपात नबढ्नुले पोलिसी सरेन्डर बढेको उनको भनाइ छ।

‘अन्डरराइटिङको समस्या पहिला देखि नै हो। सुरुमा अभिकर्ताले कमिशनको लोभमा बढी रकमको बीमा गराउने पछि बीमितसँग पैसा हुँदैनथ्यो सरेन्डर गर्थे।’ उनले भने, ‘अहिले दिन प्रतिदिन महँगी बढ्दै छ। जुन अनुपातमा नागरिकको आम्दानी छैन। यसले पनि सरेन्डर गर्नुपर्ने बाध्यता आएको हो।’

कोभिडको महामारीपछि धेरैको रोजगार खोसिनु, व्यवसायीको व्यवसाय पनि अझै लयमा आउन नसक्दा पोलिसी सरेन्डर गरेरै भए पनि समस्या टारौँ भन्ने मनस्थितिले पनि बिमितले सरेन्डर गरेको उनको बुझाई छ। 

जीवन बीमा व्यवसायको सबैभन्दा बलियो आम्दानी स्रोत नै नविकरण हो। तर यहि दरमा सरेन्डर बढ्ने हो भने कम्पनी जोखिममा जान सक्छन्। एकातर्फ अहिले नयाँ व्यवसायमा संकुचन आउनु र अर्काेतर्फ सरेन्डर यसरी नै बढ्नुले जीवन बीमा कम्पनी संकटतर्फ धकेलिएको समेत शंका गर्न सकिने ठाउँ बनिसकेको छ। यसलाई कम्पनीहरुले अहिलेबाट नै कम गर्नतर्फ लाग्नुपर्ने देखिन्छ। 

चालु आर्थिक वर्षको पहिलो महिनामा नै सबैभन्दा बढी सरेन्डर भएको देखिन्छ। 

कुन महिनामा कुन कम्पनीको कति सरेन्डरः



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved