चिरायु भण्डारी बने लघुबीमामध्ये कै पहिलो सीईओ, गार्डियनको नेतृत्व गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2023 | 05:18:09 PM मा प्रकाशित

laxmi sunrise bank

सञ्चालनमा आउन लागेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा चिरायु भण्डारी नियुक्त भएका छन्। बीमा प्राधिकरणबाट नियुक्ति स्वीकृत भएसँगै भण्डारी माइक्रो लाइफ इन्स्योरेन्समध्ये मै नियुक्ति पाउने पहिलो सीईओ बन्न पुगेका छन् ।

कम्पनीको सञ्चालक समिति बैठकले उनलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । सबै प्रक्रिया पुर्याएको गार्डियनले व्यवसाय सञ्चालन गर्न बीमा प्राधिकरणबाट स्वीकृति लिइसकेको छ। कम्पनीको केन्द्रीय कार्यालय विराटनगरमा रहनेछ ।

भण्डारी यसअघि प्राइम लाइफ इन्स्यारेन्सको महाप्रबन्धक थिए। प्राइम लाइफमा जानुअघि उनी नेपाल पूनर्बीमा कम्पनीमा सिईओको जिम्मेवारीमा थिए। त्यहाँ पनि उनले पहिलो सीईओको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved