सिटिजन लाइफको 'सिटिजन हिरोज कनक्लेभ' को तेश्रो संस्करण सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 04:35:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिने 'सिटिजन हिरोज कनक्लेभ' कार्यक्रमको तेश्रो संस्करण सफलताका साथ सम्पन्न भएको छ । धुलिखेल स्थीत आगन्तुक रिसोर्टमा भाद्रमा सम्पन्न सो कार्यक्रम “सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा” नाराका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीले हरेक आर्थिक वर्ष आफ्ना सिनियर एजेन्सी मेनेजर सहित केहि उत्कृष्ट कार्य गर्ने एजेन्सी मेनेजरहरुलाई सो कार्यक्रमको लागि छनौट गर्ने र थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न विषयमा तालिम दिएर हरेक ढङ्गबाट उत्कृष्ट बनाउन यस कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ । 

यस्ता कार्यक्रमले लिडर्सहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अप्नाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्र्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ । लिडर्सहरुलाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने कम्पनीको भनाई छ ।

कम्पनीको यस “सिटिजन हिरोज कनक्लेभ” कार्यक्रममा ६० जना लिडर्सहरुको सहभागिता रहेको थियो भने, कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम साथै प्रमुख व्यवसाय अधिकृत र प्रदेश प्रमुखहरुको उपस्थिती थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक बिजय कुमार झाले उपस्थित सम्पूर्ण लिडर्सहरुलाई प्रशिक्षण दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved