वितरणयोग्य मुनाफा गणना गर्नुअघि बीमा कम्पनीले ६ कोषमा रकम राख्नुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2023 | 04:22:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधीकरणले बीमा कम्पनीहरुले अनिवार्य रकम जम्मा गर्नुपर्ने व्यवस्था सहित विभिन्न ६ किसिमका कोषको व्यवस्था गरेको छ । बीमकहरुका लागि जारी गरिएको पछिल्लो निर्देशन बमोजिम कम्पनीहरुले वितरणयोग्य मुनाफा गणना गर्नुअघि यी कोषमा रकम छुट्याउनु पर्ने हुन्छ । 

 विशेष जगेडा :  निर्जीवन बीमकले ऐनको दफा ३९ कोउपदफा ९२० को खण्ड ९ग० बमोजिमको अनिवार्य जगेडा कोषमा जम्मा गर्नुपर्ने रकम छुट्टै खडा गरिएको बिशेष जगेडा कोषमा राख्नु पर्नेछ र ऐन लागू हुँदाको बखत निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले बीमा कोष र बीमा जगेडा हिसाबमा देखाएको रकम विशेष जगेडा कोषमा सार्नुपर्नेछ ।

महाविपत्ति कोष : बीमकले प्रत्येक आर्थिक वर्षमा आफ्नो खुद नाफाको दश प्रतिशत रकम महाविपत्ति कोषमा सार्नुपर्नेछ । तर, निर्जीवन बीमा व्यवसाय गर्ने बीमक तथा पुनर्बीमा व्यवसाय गर्ने बीमकले खुद नाफा रकमबाट विशेष जगेडा कोषमा सार्नुपर्ने रकम घटाए पश्चात आउने रकमको दश प्रतिशत रकम महाविपत्ति कोषमा सार्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

सामाजिक उत्तरदायित्व कोष : बीमकले प्रत्येक आर्थिक वर्षमा आफ्नो खुद नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा सार्नुपर्नेछ ।

पूँजीगत कोष :विदेशी बीमकको शाखा कार्यालयले प्रत्येक आर्थिक वर्षमा आफ्नो खुद नाफाको बीस प्रतिशत रकम पूँजीगत कोषमा सार्नुपर्नेछ ।

बीमा कोष : ऐनको दफा ३८ बमोजिम बीमकले सल्भेन्सी मार्जिन अनुपात तथा पूँजीकोष कायम गर्ने प्रयोजनका लागि बीमाङ्कीले निर्धारण गरेको रकम बीमा कोषमा सार्नुपर्नेछ ।

स्थगन कर जगेडा : बीमकको नाफा नोक्सानमा समायोजन भई वित्तीय विवरणमा लेखाङ्कन भएको स्थगनकर सम्पत्ती बराबरको रकम स्थगन कर जगेडामा जम्मा गर्नुपर्ने उल्लेख छ । तर,  बीमकको Statement of Other Comprehensive Income मा समायोजन भई वित्तीय विवरणमा लेखाङ्कन भएको स्थगनकर सम्पत्ती वा दायित्व वापतको कुनै पनि रकम यस शीर्षकमा जम्मा गर्न नहुने व्यवस्था छ ।

लघु जीवन बीमा व्यवसाय गर्ने बीमकको कोष सम्वन्धी व्यवस्थाः

विशेष जगेडा, सामाजिक उत्तरदायित्व कोष, विमा कोष र स्थगन कर जगेडा कोषमा रकम जम्मा गरेर मात्र वितरणयोग्य मुनाफा गणना गर्नु पर्दछ ।

लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको कोष सम्वन्धी व्यवस्थाः 

विशेष जगेडा, महाविपत्ति कोष, सामाजिक उत्तरदायित्व कोष, बीमा कोष र स्थगन कर जगेडा कोषमा रकम जम्मा गरेर मात्र वितरणयोग्य मुनाफा गणना गर्नु पर्ने व्यवस्था छ ।

पुनर्बीमा व्यवसाय गर्ने बीमकको कोष सम्वन्धी व्यवस्थाः

विशेष जगेडा, महाविपत्ति कोष, सामाजिक उत्तरदायित्व कोष, बीमा कोष र स्थगन कर जगेडा कोषमा रकम जम्मा गरेर मात्र वितरणयोग्य मुनाफा गणना गर्नु पर्ने व्यवस्था छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved