प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३ करोड ३ लाख कित्ता शेयरको लकइन अवधि फुकुवा हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2023 | 09:03:47 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको लक् इन अवधि २०८० पुस ९ गते समाप्त हुने भएको छ ।  कम्पनीले सूचना जारी गर्दै संस्थापक र कर्मचारीको गरि कुल ३ करोड ३ लाख ५६ हजार १ सय ६ कित्ता शेयरको लक इन अवधिको पुस ९ गते समाप्त हुने जनाएको हो । 

कम्पनीका अनुसार संस्थापकतर्फको कुल ३ करोड ६३ लाख ७२ हजार कित्ता मध्ये ३ करोड १ लाख १ हजार ७० कित्ता संस्थापक शेयरको लक् इन अवधि समाप्त हुने छ ।  त्यस्तै कर्मचारीतर्फको कुल ३ लाख २८ हजार ९ सय ९८ कित्ता शेयर मध्ये २ लाख ५५ हजार ३६ कित्ता शेयरको लक इन अवधि समाप्त हुने छ ।

धितोपत्र बोर्डले लक इन अवधि सकिनु अगावै सो को जानकारी गराउनु पर्ने व्यवस्था गरेपछि कम्पनीले यसबारेको सूचना जारी गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved