प्रभुका लामिछानेसँग 'महालक्ष्मी'का सिनियर कर्मचारी सशंकित, छोडे हुँदाछदैको जागिर !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2024 | 04:58:10 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर प्रक्रिया सम्पन्न गरेर एकीकृत कारोबार थालेको आधा वर्ष पुग्दा नपुग्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको विवाद छताछुल्ल  भएको छ। तत्कालिन महालक्ष्मीका संस्थापक समेत रहेका प्रभु महालक्ष्मीका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईको विदाईले पनि विवाद छताछुल्ल भएको हो। 

चार वर्षको लागि प्रमुख कार्यकारी राख्ने सम्झौता तोडेर प्रभु महालक्ष्मीको संचालक समितिले फागुन एक देखि लागू हुनेगरी भट्टराईलाई सीइओबाट विदा गरेपछि विवाद चरम उत्कर्षमा पुगेको हो। मर्जर सम्झौता हुँदा भट्टराईलाई संयुक्त मर्जर समितिको सिफारिसमा तत्कालिन प्रभु र महालक्ष्मी लाइफको संचालक समितिले चार वर्षको लागि सीइओ दिने निर्णय गरेको थियो र सो निर्णय बीमा प्राधिकरणले पनि स्वीकृत गरेको थियो। 

तर पुराना सबै सहमति तोडेर भट्टराईलाई यहि फागुन १ देखि लागू हुनेगरि सीइओबाट विदा गरेको प्रभु महालक्ष्मीको अहिलेको संचालक समितिले सिनियर डेपुटी सीइओ सन्तोष प्रसाईलाई निमित्त सीईओको जिम्मेवारी दिएको छ। 

भट्टराईलाई सीइओबाट विदा गर्दा अन्यथा हुने भएकाले प्रभु महालक्ष्मीले यहि माघ १० गते स्वेच्छिक अवकाश योजना ल्याएको छ। जसमा भट्टराई सहित तत्कालिन महालक्ष्मी लाइफमा स्थापना कालदेखि नै काम गरिरहेका ५ कर्मचारीहरुले यो योजना लिएर संस्था छाडेका छन्। अन्य सिनियर कर्मचारीहरु पनि यो योजना लिएर संस्था छाड्ने तयारी रहेको बुझिएको छ। 

कम्पनीका नायब महाप्रबन्धकसम्म प्रमुख कार्यकारी अधिकृत र सोभन्दा माथि प्रमुख कार्यकारी अधिकृतको सिफारिसमा सञ्चालक समितिले स्वेच्छिक अवकाश निवेदन स्वीकृत गर्ने व्यवस्था भएकाले सिनियर कर्मचारीबारेको निर्णय ढिला भएको हो। एक वर्ष पुरा काम गरेकोलाई ३ महिना मान्ने तथा बढीमा १८ महिना हुने र त्यसमा गाडी तथा अरु सुविधा दिएर प्रभु महालक्ष्मीले स्वेच्छिक अवकाश योजना ल्याएको हो। इच्छुक कर्मचारीले माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन्। 

भट्टराईलाई गरिएको व्यवहारले आफुहरु सशंकित र असुरक्षित महसुस गरेर नै स्वेच्छिक अवकाश योजना लिन बाध्य भएको तत्कालिन महालक्ष्मी लाइफका कर्मचारीको गुनासो छ। निमित्त सीइओको जिम्मेवारी पाएका प्रसाई भन्दा पनि तत्कालिन प्रभु लाइफमा छोटो समय निमित्त सीईओ समेत बनेका र अहिले प्रभु महालक्ष्मी लाइफमा डेपुटी सीइओ रहेका किशोर प्रसाद लामिछानेको व्यवहारका कारण आफुहरु ६ वर्षदेखि काम गरिरहेको संस्था छाड्न बाध्य भएको उनीहरुको गुनासो छ।

यस अघि : सर्वसाधारणले पाउनुपर्ने ९० लाख कित्ता प्रभु महालक्ष्मीका संस्थापकको गोजीमा, कर्मचारी आन्दोलित


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved