सर्वसाधारणले पाउनुपर्ने ९० लाख कित्ता प्रभु महालक्ष्मीका संस्थापकको गोजीमा, कर्मचारी आन्दोलित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2024 | 06:05:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वसाधारणले पाउनुपर्ने शेयर प्रभु महालक्ष्मी लाइफका संस्थापकले लिन लागेको पाइएको छ। सर्वसाधारणले पाउनुपर्ने ९० लाख कित्ता संस्थापकको गोजीमा जाने अवस्था बनेपछि तत्कालिन महालक्ष्मी लाइफका कर्मचारी पनि आन्दोलित भएका छन् । 

महालक्ष्मी लाइफ इन्स्योरेन्स प्रभु लाइफसंग मर्जर भएपछि यस्तो अवस्था बनेको हो। बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्स कम्पनीले २०८० चैत मसान्तसम्म  चुक्तापुंजी ५ अर्ब पुर्याउनु पर्ने निर्देशन दिएपछि प्रभु र महालक्ष्मी मर्ज भएका हुन्। 

प्रभु र महालक्ष्मी लाइफबीच २०७९ असार ३० गते स्वाप अनुपात १:१ मा मर्जर सम्झौता हुँदा प्रभुको चुक्तापुंजी २ अर्ब १९ करोड ६० लाख र महालक्ष्मी लाइफको २ अर्ब १० करोड थियो। महालक्ष्मी लाइफका संस्थापक शेयरधनीले पुंजी वृद्धि गर्न ५० प्रतिशत रकम थप हालेपछि महालक्ष्मी लाइफको चुक्तापुंजी २ अर्ब १० करोड पुगेको हो। 

प्रभु र महालक्ष्मी मिलेर बनेको प्रभु महालक्ष्मीको चुक्तापुंजी ४ अर्ब २९ करोड ६० लाख पुगेको थियो। जसमा चुक्तापुंजी ५ अर्ब पुर्याउनलाई अपुग ९०   करोड अपुग भएको थियो। र यो अपुग ९० करोड तत्कालिन महालक्ष्मी लाइफले एफपीओ मार्फत पुर्याउनु पर्ने हुन्थ्यो।  प्रभु लाइफले पहिल्यै आइपीओ ल्याएपनि महालक्ष्मी लाइफले भने आइपीओ ल्याएको थिएन। र कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर अनुपात मिलाउन तत्कालिन महालक्ष्मीले  आइपीओं ल्याउनु पर्थ्यो। जुन मर्जरको सम्झौता गर्दा नै उल्लेख थियो ।

तर सर्वसाधारणले पाउनुपर्ने ९० लाख कित्तालाई 'डाइभर्ट' गरेर हकप्रद मार्फत पुँजी बढाउने प्रस्ताव अगाडी बढाए। जसले गर्दा सर्वसाधारणले पाउनुपर्ने ९०  लाख कित्ता संस्थापकको गोजीमा जाने अवस्था बनेको हो। 

आइपीओको नाममा ९० लाख कित्ता सर्वसाधारणलाई ल्याएको भए यसको ५ प्रतिशत शेयर अर्थात ४ लाख ५० हजार कित्ता तत्कालिन महालक्ष्मीका कर्मचारीले पाउँथे। तर संचालकले नै सय रुपैयाँ हालेर ९० लाख कित्ता नै गोजीमा हाल्ने अवस्था बनेपछि तत्कालिन महालक्ष्मीका कर्मचारी आन्दोलित बनेका हुन्। किनकि तत्कालिन प्रभुले आइपीओ ल्याउँदा त्यो बेला नै प्रभु लाइफका कर्मचारीले ५ प्रतिशत आइपीओ पाइसकेका छन्। तर अहिले तत्कालिन महालक्ष्मीका कर्मचारीले सय रुपैयाँमा पाउनुपर्ने शेयर नपाउँदा उनीहरु बढी आन्दोलित बनेका हुन्। 

आइपीओको साट्टो हकप्रद किन रोजे संचालकले ?

आइपीओ ल्याउँदा ९० लाख कित्ता नै सर्वसाधारण तथा कर्मचारीको हातमा जान्थ्यो। तर आइपीओको ठाउँमा हकप्रद ल्याउँदा एकातर्फ ९० लाख कित्ता शेयर एक सय रुपैयाँमा संस्थापकले पाउने अवस्था रह्यो भने अर्कोतर्फ शेयर संरचना पनि संस्थापकको बढी हुने भयो। जसबाट १ लाख कित्ता शेयर भएको संस्थापकले थप १७ प्रतिशत शेयर पाउने भयो। 

अहिले १७ प्रतिशत हकप्रद ल्याउँदा कम्पनीको चुक्तापुंजी ५ अर्ब २ करोड पुग्ने अवस्था रहन्छ भने शेयर स्वामित्व पनि संस्थापकको ८४ प्रतिशत र सर्वसाधारणको १६ प्रतिशत रहने अवस्था आउछ।१७ प्रतिशत हकप्रद ल्याउँदा सय रुपैयाँमा शेयर पनि पाइने र ८४ प्रतिशतलाई पछि ५१ प्रतिशतमा झार्दा  ३३ प्रतिशत शेयरलाई प्रति कित्ता न्युनतम पनि ६०० रुपैयाँमा दोस्रो बजार मार्फत सर्वसाधारणलाई बिक्रि गर्न पाइने भयो। 

यसले हिजो एक लाख कित्ता संस्थापक शेयर लिनेसंग अहिले हातमा ५७ हजार संस्थापक शेयर र नगद ४ करोड प्लस हुने अवस्था बन्ने छ। अर्थात सर्वसाधारण र कर्मचारीले आइपीओ जारी गरेर चुक्तापुंजी ५ अर्ब पुर्याउनुको साट्टो संस्थापकले प्रति कित्ता एक सय रुपैयाँमा १७ प्रतिशत हकप्रद लिंदा संस्थापकलाई छोटो अवधिमा प्रति कित्ता ५०० रुपैयाँ कमाई हुनेदेखिन्छ। 

पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले  चुक्ता पूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँको आधारमा १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। प्रभु महालक्ष्मीका कर्मचारीले हकप्रदको ठाउँमा आइपीओ ल्याएर चुक्तापुंजी ५ अर्ब पुर्याउनुपर्ने निबेदन बुझाउन खोज्दा त्यसको अघिल्लो दिननै नेपाल बीमा प्राधिकरणले हकप्रद ल्याएर चुक्तापुंजी ५ अर्ब पुर्याउनलाई स्वीकृती दिइसकेको छ। बीमा प्राधिकरणले २०८०  मंसिर ७ गते नै प्रभु महालक्ष्मीलाई हकप्रद जारी गर्नलाई स्वीकृति दिएको छ।

आफुहरुले पहिल्यै आइपीओं ल्याईसकेकाले अपुग चुक्तापुंजी पुर्याउन यसको विकल्प नरोजेको तत्कालिन प्रभु लाइफ इन्स्योरेन्सका एक संचालकले भने। तर तत्कालिन महालक्ष्मी लाइफले आइपीओ पनि नल्याएको र महालक्ष्मीका कर्मचारीले पनि कर्मचारीले आइपीओ बापत पाउनुपर्ने शेयर पनि नपाएको अवस्थाबारे प्रश्न राख्दा ती संचालकले आफुले यो बारेमा केहि नबोल्ने बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved