यी हुन् गार्डियन माईक्रोका ठूला लगानीकर्ता, सबैभन्दा धेरै दिपक भट्ट र एसजी फिनकोर्पको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2024 | 08:11:26 PM मा प्रकाशित

laxmi  sunrise bank

गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्समा १ प्रतिशत भन्दा बढी लगानी गर्ने लगानीकर्ताको संख्या १४ रहेको छ । जसमध्ये ८ जना व्यक्तिगत र ६ वटा संस्थागत लगानीकर्ता रहेका छन् । 

कम्पनीले जारी गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक विवरण अनुसार कम्पनीमा  दिपक भट्ट र एसजी फिनकोर्पको समान २१.४३ प्रतिशत रहेको छ ।  समान ११ लाख २५ हजार कित्ता रहेको उनीहरु कम्पनीका सबैभन्दा ठूला लगानीकर्ता हुन् । 

त्यस्तै कम्पनीमा नेपबुल क्यापिटलको ११.४७ प्रतिशत स्वामित्व अर्थात् ६ लाख २ हजार कित्ता शेयर लगानी रहेको छ । यस्तै हुलास अटो, राज बहादूर शाह र सुवम दुगडको समान ५.७१ प्रतिशत स्वामित्व अर्थात् ३ लाख कित्ता शेयर लगानी रहेको छ । 

मेट ईन्भेष्टमेन्टको २.३८, प्रिन्टसेल ईमेजिङको २.१०, सुलोचना अग्रवाल र लिला अग्रवालको समान १.९० प्रतिशत स्वामित्व रहेको छ भने लिओन मोटरको १.६२ प्रतिशत लगानी रहेको छ । त्यसैगरी, लतिका गोल्यान, आकाश गुप्ता र साक्षी गुप्ताको समान १.४३ प्रतिशत स्वामित्व रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved