सलिकोका अध्यक्ष मुलले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 02:27:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) का अध्यक्षमा मनोहर दास मुलले पद तथा गोपनियताको सपथ लिएका छन् । आज आइतबार उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवाल समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले मुललाई अध्यक्षमा चयन गरेको थियो। मंगलबार कम्पनीको वार्षिक साधारण सभाबाट  सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकमध्ये वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंकाबाट अजिथ रोहण गुणवर्द्धना मनोनित भएका थिए। बाँकी ३ जना सञ्चालकमा मनोहर दास मुल, लोकमान्य गोल्छा र सिद्धार्थ मणि राजभण्डारी तथा सर्बसाधारण शेयरधनीहरूको समूहबाट अरूण राज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध निर्वाचित भएका थिए।

सो सञ्चालक समितिको मंगलबार नै बसेको बैठकले मुललाई अध्यक्षमा चयन गरेको थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved