लघु बीमामा भ्याट छुट दिन र सरकारबाट अनुदानको व्यवस्था गर्न प्राधिकरणको सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2024 | 04:07:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले लघु बीमामा सरकारबाट अनुदान उपलब्ध गराउन र भ्याट छुट गर्न सुझाव दिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि अर्थ मन्त्रालय मार्फत सुझाव दिदै प्राधिकरणले यस्तो प्रस्ताव गरेको हो । 

उक्त सुझावमा विपन्न एंव न्यून आय भएका नागरिकलाई लघु बीमा गर्दा अनुदान उपलब्ध गराउन र लघु बीमामा लाग्ने भ्याटमा पनि छुट दिनु पर्ने उल्लेख छ । लघुबीमामा भ्याट छुट हुँदा बीमा सुपथ मूल्यमा प्राप्त हुने जसले गर्दा बीमाको दायरामा वृद्धि हुने प्राधिकरणको भनाई छ । यसैगरी, लघु बीमामा अनुदानको व्यवस्था भएमा न्यून आय भएका वर्ग तथा सिमान्तकृत वर्ग समेत बीमाको दायरामा आउने प्राधिकरणले पठाएको सुझावमा उल्लेख छ । यसले गर्दा गरिवी न्यूनिकरणमा टेवा पुग्ने प्राधिकरणको तर्क रहेको छ । 

यस प्रस्तावको कार्यान्वयन कार्ययोजनामा न्यून आय तथा सीमान्तकृत वर्गका जनतालाई बीमाको दायरामा ल्याई जीवन तथा सम्पत्तिमा हुने जोखिम विरूद्ध आर्थिक सुरक्षण प्रदान गर्न स्थानीय तहसंगको समन्वयमा लघुबीमा कम्पनीहरू मार्फत बीमा गर्ने व्यवस्था गरिने उल्लेख छ  । त्यस्तै  लघु बीमक तथा स्थानीय सरकार मार्फत विभिन्न लघुबीमा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यी कार्यको लागि  प्रचार प्रसार, बीमा साक्षरता, बीमा जनचेतना मुलक जस्ता कार्यक्रमहरू आयोजना गरिने योजना प्राधिकरणले पेश गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved