नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड Nepal Life Insurance Company Limited को लाभांश प्रस्ताब पारित भएको छ। इन्स्योरेन्सको जेठ ४ गते सम्पन्न १९ औं बार्षिक साधारणसभाले २५ प्रतिशत बोनस तथा २३।५० प्रतिशत नगद (कर सहित) गरि ४३।५० प्रतिशत लाभांश पारित गरेको हो। बोनस वितरण पश्चात नेपाल लाइफको चुक्तापुंजी जीवन बीमा क्षेत्रकै धेरै ५ अर्ब ४९ करोड ९६ लाख पुग्नेछ।
इन्स्योरेन्सका अध्यक्ष गोबिन्द लाल संघाईले समिक्षा बर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजारहिस्सा हासिल गर्न सफल भएकोमा सबैलाई बधाई दिए।
हाल नेपाल लाइफको लगानी ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ । कम्पनीमा १,२२,००० भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।
कम्पनीले देशभर फैलिएका आफ्ना हाल करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेको कम्पनीका सचिब सन्तोष प्रसाईले जानकारी दिएका छन।