अपर तामाकोशी साधारणसभा आज, निर्वाचन स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 06:17:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आज असार ३१ गते अपर तामाकोशीले साधारणसभा गर्दै छ । कम्पनीको कोरम नपुरेर असार ११ मा स्थगित भएको साधारणसभा आज हुन् लागेको हो । 

साधारणसभाले  आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफा नोक्सान हिसाब छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने छ । सभामा संचालकको निर्वाचनको एजेन्डा पनि रहेकोमा अदालतको आदेशपछि निर्वाचन प्रक्रिया भने रोकिएको छ

सञ्चालकमा आवेदन दिएकी गोसाईं केसीले कम्पनी ऐनअनुसार सञ्चालकमा महिला कोटा अनिवार्य हुनुपर्ने मागसहित आइतबार अदालतमा मुद्दा दायर गरेकी थिइन् । उनको मुद्दामा सुनुवाई गर्दै अदालतले कम्पनी ऐनअनुसार निर्वाचन गर्नु/गराउनु भन्ने निर्देशन दिएको छ । कम्पनी ऐनको दफा ८६ को उपदफा (२) मा महिला सेयरधनी रहेको पब्लिक कम्पनीको सञ्चालक समितिमा कम्तीमा एक जना महिला सञ्चालक हुनुपर्ने उल्लेख छ । यहि कारण सम्पूर्ण निर्वाचन रोकिएको हो । 

संचालकको निर्वाचनको कार्यक्रमको लागि भने कम्पनीले नयाँ सुचना जारि गर्ने छ । कम्पनीले ४ जना संचालक नियुक्त गर्नु पर्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved