डिप्रोक्स लघुवित्तको साधारणसभा आह्वान, पुँजी २ अर्ब पुर्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 09:04:07 AM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स लघुवित्त Deprosc Laghubitta Bittiya Sanstha Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ २६ गते आइतबार चितवनको भरतपुर गार्डेन रिसोर्टमा सभा आह्व्ना गरेको हो । 

कम्पनीको साधारणसभामा लाभाश सहितका विभिन्न १३ प्रस्ताव पेश हुदै छन् । कम्पनीले  आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरि कुल ४५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ ।  साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ७७ करोड ३४ लाख रहेकोमा प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ लाख पुग्ने छ । 

त्यस्तै कम्पनीले साधारणसभामा अधिकृत पुँजीलाई बढाएर २ अर्ब पुर्याउने प्रस्ताव लैजाने भएको छ । त्यस्तै सभामा मर्जर तथा प्राप्तिको विषयमा आवश्यक पर्ने सम्पूर्ण निर्णय गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पेश हुने छ । 

सभा प्रयोजनको लागि कम्पनीले माघ १३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved