महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत २२ गते

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 05, 2020 | 09:52:15 AM मा प्रकाशित

laxmi bank

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था Mahila Sahayatra Microfinance Bittiya Sanstha Limited ले सातौ वार्षिक साधारण सभा चैत २२ गते बोलाएको छ । कम्पनीले ओम अध्याय रिट्रिट रिर्सोट, मकवानपुरमा विहान ११ बजे सभा बोलाएको हो । कम्पनीको सभाले १० प्रतिशत वोनस सेयर र कर प्रयोजनको लागि ७ दशमलव ५ प्रतिशत नगद पारित गर्ने छ । 

कम्पनीको हाल चुक्ता पुँजी १२ करोड १० लाख छ । १० प्रतिशत वोनस वितरणपछि पुँजी १३ करोड ३१ लाख पुग्नेछ । साथै, कम्पनीको सभाले सर्वसाधारण तर्फबाट दुई जना संचालकको निर्वाचन गर्ने छ । कम्पनीले अन्य कुनै लघुवित्त कम्पनीसँग गाभ्ने गाभिने प्राप्ति गर्ने तथा सेयर स्वाप रेशियो सम्बन्धमा छलफल गर्न संचालक समितिलाई अख्तियारी दिने छ । 

कम्पनीले साधारण सभाको लागि चैत ४ गते सेयरधनी दर्ता किताब बन्द गर्न लागेको छ । चैत ३ गतेसम्म कायम सेयधनीले सभामा भाग लिन र लाभाँंश पाउन सक्नेछन् । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved