नेपाल इन्स्योरेन्सको साधारणसभा आह्वान, म्युचुअल फण्ड संचालन गर्ने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2020 | 09:39:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड Nepal Insurance Company Limited ले साधारणसभा डाकेको छ । कम्पनीले चैत्र २१ गते शुक्रबार बिहान ११ बजे सिनामंगल को एयरपोर्टको होटेलमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २.८९ प्रतिशत नगद लाभांश  वितरण अग्रने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

सभामा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने, सामुहिक लगानी कोष योजना संचालन गर्ने गरि उदेश्य थप गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले साधारण सभाको लागि  चैत ४ गतेदेखि २१ गतेसम्म बुक क्लोज तोकेको छ ।  चैत ३ गतेसम्म कायम सेयरधनीहरले सभामा भाग लिन र प्रस्ताव गरेको लाभाांश पाउन सक्नेछन् । 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved