गाभिने प्रस्ताव पारित गर्न दिव्य लघुवित्तले बोलायो विशेष साधारण सभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 09:56:47 AM मा प्रकाशित

laxmi  sunrise bank

दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडले एनआरएन लघवित्तसँग गाभिने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीले चैत १७ गते अमृतभोग डिल्लीबजारमा दिनको ३ बजे सेयरधनीहरुलाई बोलाएको हो ।

एनआरएन लघुवित्त वित्तीय संस्थाको १ सय कित्ता बराबर यस लघुवित्तको १ सय कित्ता सेयर आदान प्रदान हुने गरी गाभ्ने गाभिने स्वीकृत सभाले दिनेछ । दुबै लघुवित्तकोे १ बराबर १ को अनुपातमा सेयर स्वाप रेशिया कायम हुने भएको छ । 

गाभ्ने तथा गाभिने प्रयोजनको लागि गठित संयुक्त मर्जर समितिबाट नियुक्ती सम्पति तथा दायित्वको मुल्याङकनकर्ता चार्टर्ड एकाउण्टेन्टको नियुक्ती तथा पारिश्रमिक अनुमोदन सभाले गर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved