सिद्धार्थ इन्स्योरेन्स Siddhartha Insurance Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २८ गते शुक्रबार बिहान ११ बजे कमलपोखरीमा रहेको अग्रवाल सेवा केन्द्रको भवन सभा आह्वान गरेको हो ।
कम्पनीको सभाले वित्तीय विवरणहरु पारित गर्नुको साथै लेखापरिक्षक नियुक्त गरी सर्वसाधारण तर्फबाट १ जनाको संचालक निर्वाचन गर्ने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १३ गतेदेखि चैत्र १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
चैत्र १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश नदिने भएको छ ।