एशियन लाइफको साधारणसभा सम्पन्न, को को बने सञ्चालक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2021 | 06:20:33 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ इन्स्योरेन्सको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आ.व. २०७५।०७६ को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन गरेको छ ।

साधारण सभाले आगामी ४ वर्षको लागी संचालक समिति सदस्य पदमा संस्थापक शेयरधनीको तर्फबाट ४ जना र साधारण शेयरधनीको तर्फबाट २ जना सर्वसम्मतले निर्वाचित गरेको छ । नवनिर्वाचित संचालकहरुमा संस्थापक शेयरधनीको तर्फबाट दिपक कुमार श्रेष्ठ, सुरेन्द्र कुमार गोयल, सुशान्त चाचान र निष्ठा प्रधानाङ्ग राजभण्डारी रहेका छन् । 

साधारण शेयरधनीहरुको तर्फबाट शौरभ रुंगटा र सजल मास्के निर्वाचित भएका छन् ।

२०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको २०७८ साल असार मसान्त सम्ममा २६ अर्ब ४८ करोड ७७ लाखको जीवन बीमा कोष र २४ अर्ब ७२ करोड १५ लाख लगानी तथा कर्जामा रहेकोे छ । त्यसैगरी कम्पनीले यो अवधि सम्ममा कूल २९ अर्ब ५३ करोड ७८ लाख बीमाशुल्क आर्जन गरिसकेको छ ।

कम्पनीले हालसम्म ४२ वटा शाखा तथा १०६ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २३ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved