माछापुच्छ्रे कृति क्यापिटलको साधारणसभाः लाभांशदेखि नाम फेर्ने सम्मका प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2021 | 05:17:23 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे कृति क्यापिटलको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतो तथा बिशेष अतिथिको रुपमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला पनि उपस्थित थिए ।

साधारण सभाले सञ्चालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तिय विवरणहरु, लेखापरिक्षकको नियुक्ती तथा चुक्ता पूँजीको ६.४ प्रतिशत नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।

बिशेष प्रस्ताव अन्तर्गत चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर, पुँजी बृद्धि, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड बनाउने लगायत प्रबन्धपत्र तथा नियमावलीमा गर्नु पर्ने आवश्यक संशोधनहरुको प्रस्तावहरु पनि पारित गरेको छ । 

कम्पनीमा संस्थापक शेयरधनीको तर्फबाट १ जना संचालक निर्वाचित हुनुपर्ने प्रस्तावमा शेयरधनी शिखर इन्सुरेन्स प्रतिनिधि दिप प्रकाश पाण्डे निर्बिरोध निर्वाचित भएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved