प्राइम कमर्शियल बैंकको साधारणसभा आह्वान, बुक क्लोज तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2021 | 11:21:04 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंकले बार्षिक साधारणसभा प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ। बैंकले यहि पुष ६ गतेको १४ औं बार्षिक साधारणसभाको लागि मङ्सिर २२ गते बुक क्लोज तय गरेको हो। 

साधारणसभाको लागि मङ्सिर २२ गते बुक क्लोज तय भएकाले मङ्सिर २१ गतेसम्म कायम सेयरधनिहरुले मात्रै आर्थिक बर्ष २०७७/०७८ को लाभांश तथा साधारणसभामा भाग लिन पाउनेछन। 

प्राइम बैंकले गत आर्थिक बर्षबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३३१३ प्रतिशत नगद लाभ्नाश प्रस्ताव गरेको छ। यस अवधिमा प्राइम बैंकको चुक्तापुंजी १६ अर्ब८ करोड रहेको छ। लाभांश वितरण पश्चात १८ अर्ब ५६ करोड नाघ्नेछ।   

त्यस्तै यस पटकको साधारणसभाले सर्वसाधारण सेयरधनीतर्फ संचालक समिति सदस्य चयन समेत गर्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved