नेपाल बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2021 | 06:27:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकको लाभांश पारित भएको छ । बैंकको ६१ औँ वार्षिक सधारणसभाले १७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष सुमन राज अर्यालको सभापतित्वमा सम्पन्न भएको साधारणसभाले चुक्ता पूँजीको ३ प्रतिशतका दरले हुन आउने नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

बैंकको हालको चूक्ता पूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ छ । 

बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ ३०  पैसा कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । 

कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८÷७९ का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्ने लगायत साधारण सभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved