समता घरेलु लघुवित्तको लाभांश र एफपीओ प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 06:19:35 PM मा प्रकाशित

laxmi  sunrise bank

समता घरेलु लघुवित्तको ८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डम्मर मणि थेवे लिम्वुको अध्यक्षतामा सम्पन्न सभाले लाभांश पारित गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस वितरण गर्न गरेको प्रस्ताव साधारणसभाले पारित गरेको हो ।सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रम तथा बजेट पनि पारित गरेको छ ।

प्रवन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर संरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरी सर्वसाधारणको लागि २ लाख ४१ हजार २०० कित्ता एफपीओ शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

आगामी चार वर्षको लागि संस्थापक समुहबाट ४ जना निर्वाचन प्रक्रिया र सर्वसाधारण समुहबाट २ जना निर्विरोध जम्मा ६ जना सञ्चालकहरु समेत सभाद्धारा निर्वाचित भई मिति २०७८ पौष ०७ गते नै बसेको सञ्चालक समितिको बैठकबाट निर्वाचित सञ्चालकहरु मध्येबाट संस्थापक समुहबाट प्रतिनिधित्व गर्नु हुने सञ्चालक डम्मर मणि थेवे लिम्बुलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गर्ने निर्णय भएको हो । साथै उक्त बैठकले स्वतन्त्र सञ्चालकको रुपमा निरंजन पराजुलीलाई नियुक्ति गर्ने निर्णय भए अनुसार वित्तीय संस्थाको सञ्चालक समिति देहाय बमोजिम गठन गरिएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved