मिथिला लघुवित्तको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 09:02:03 AM मा प्रकाशित

laxmi  sunrise bank

धनुषाको ढल्केवरमा रहेको मिथिला लघुवित्तको लाभांश पारित भएको छ । संस्थाको १३ औं बार्षिक साधारणसभाले चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

संस्थाका सञ्चालक समिति अध्यक्ष श्याम प्रसाद साहको अध्यक्षता र नेपाल राष्ट्र बैंक जनकपुर शाखाका प्रमुख निरा ताल्चा भडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभाले ४ वटा साधारण प्रस्ताव र ६ वटा विशेष प्रस्ताव पारित गरेको हो ।

अध्यक्षले प्रस्तुत गरेको आ.ब. २०७७/०७८ को बार्षिक प्रतिवेदन, लेखा परिक्षणको प्रतिवेदन, लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिकको विषयमा राखिएको प्रस्तावलाई पारित गरेको छ । त्यस्तै, प्रवन्धपत्र र नियमावली संशोधन स्वीकृतीको क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल वा थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने र भविष्यमा अन्य उपयुक्त लघुवित्तीय संस्थाहरुलाई गाभ्ने वा गाभिने प्रयोजनार्थ उपयुक्त देखिएमा सो सँग सम्वन्धित आबश्यक सम्पुर्ण काम कारवाही अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै यस सभाले हाल कायम रहेको जारी पूँजीको ६० प्रतिशत संस्थापक शेयरधनी समूहको र ४० प्रतिशत सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व रहेकोमा सो संरचना ५१ प्रतिशत संस्थापक शेयरधनी समूहको र ४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूहको शेयर स्वामित्व हुने गरी पूँजीको संरचना परिवर्तन गर्ने सम्बन्धी पनि प्रस्ताव पारित गरेको छ । 

प्रादेशिक स्तरको यस वित्तीय संस्थाको हाल चुक्ता पुँजी प्रस्तावित लाभांशसहित १७ करोड ४ लाख ३७ हजार १७८ पुगेको छ भने प्रदेश नंं २ का आठ जिल्लामा ४४ शाखामार्फत १ अर्ब ९० करोड कर्जा लगानी र ५७ करोड बचत परिचालन गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved