समृद्धि फाइनान्सको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 02:11:24 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स Samriddhi Finance Company ले २० औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालय रहेको हेटांैडामा सञ्चालक समितिका अध्यक्ष विनोद कुमार सुवेदीकोे अध्यक्षतामा साधारणसभा सम्पन्न गरेको हो ।

सभामा  भौतिक र भर्चुअल  माध्यमबाट शेयरधनीहरुले सहभागीता जनाएका थिए ।

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन पारित गर्ने,  वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्ने आ.व. २०७७÷०७८ लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, संस्थापक र सर्वसाधरण समुहबाट संचालककको निर्वाचन गर्ने, फाइनान्सको मुख्य कार्यालय परिवर्तन गरि काठमाडौँ २८ मा रहेको केन्द्रिय कार्यालयमा स्थान्तरण गर्ने लगाएतका एजेन्डाहरु रहेका थिए ।

साधारण सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर प्रत्यक्ष र भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved