सन नेपाल लाइफको साधारणसभा सम्पन्न, संस्थापक समूहबाट ४ जना सञ्चालक निर्विरोध निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2022 | 06:24:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सको चौथो बार्षिक सााधारणसभा शुक्रबार सम्पन्न भएको छ । 

संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आ.व २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन पारित गरिएको थियो ।  

उक्त साधारण सभाबाट संचालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरु अनुज क्याल, सशांक अग्रवाल, किरण के.सी. र नारायण रुगटा  निर्विरोध निर्वाचित भएका छन् । 

 आर्थिक बर्ष २०७७÷७८ को लागि लेखापरीक्षक सुशिल एण्ड एसोसियट्स चाटर्ड एकाउन्टेन्टस् सुशिल घिमिरे (एफ.सि.ए.) लाई नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ । यसका अतिरिक्त कम्पनीको पूँजी वृद्धि गर्ने लगायत प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved