गरिमा विकास बैंकको लाभांश पारित, नगद र बोनस शेयर कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2023 | 05:29:18 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकको १६औँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । साधारणसभाले यसअघि प्रस्तावित लाभांश पारित गरेको छ । 

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१ रुपैयाँ ८९ पैसाको १३ प्रतिशत बराबर बोनस शेयरबापत ५९ करोड ६८ लाख १३ हजार ५५५ रुपैयाँ २५ पैसा र १.५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि )  ६ करोड ८८ लाख ६३ हजार १०२ रुपैयाँ ५३ पैसा गरी जम्मा १४.५० प्रतिशत लाभांश पारित भएको हो । 

यस पश्चात बैंकको चुक्ता पुजीँ ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ १४ पैसा पुग्नेछ । 

सभामा बंैकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।

त्यस्तै गत आर्थिक बर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरिएको छ । बैकको आन्तरिक मुल्यांकन अनुसार प्रथम पूतलीबजार शाखा, दोस्रो ईमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखा भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved