हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा माघ २५ गते, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2024 | 09:45:56 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले माघ २५ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले माघ २५ गते ३०औं वार्षिक साधारणसभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशतका दरले बोनश शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ६.३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १४ गते बुकक्लोज मिति तय गरेको छ । यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको लाभांश पाउनेछन् । सोही दिनसम्म कायम सेयरधनीले साधारणसभामा पनि सहभागिता जनाउन पाउनेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved