मुक्तिनाथ कृषि कम्पनीमा नयाँ संचालक समिति चयन, प्रबन्ध संचालकमा भरत ढकाल चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2024 | 12:36:12 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ कृषि कम्पनीको ५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थापक र सर्वसाधारण सेयर धनीहरुको उपस्थितिमा सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ।  सभामा कम्पनीको अध्यक्ष भरतराज ढकालले आ.ब.२०७९÷२०८० को संचालक समितिको प्रतिवेदन र आगामी वर्षहरुको कार्ययोजनाका साथै, मुक्तिनाथ कृषि कम्पनी सचिव रामशरण तिमल्सिनाले भिजन ८५को रणनीतिक कार्यहरुको बारेमा बताए।  

पाँचौ बार्षिक साधारण सभाबाट कम्पनीले नयाँ संचालक समितिको चयन गरेको छ । जस् अन्तर्गत सर्वसम्मत रुपमा नयाँ संचालकहरुमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल संस्थापक संस्थागत तर्फबाट मुक्तिनाथ विकास बैंकबाट गोविन्द बहादुर राउत र सर्वसाधारणको तर्फबाट चिरन्जीवी अर्याल निर्वाचित भएका छन्। साथै, २०८० साल पौष २६ गते बसेको निर्वाचित संचालकहरुको बैठकबाट  सीताराम काफ्ले अध्यक्ष चयन भएका छन्। त्यस्तै,  उक्त बैठकबाट ४बर्षे कार्यकालका लागी भरतराज ढकाललाई प्रबन्ध संचालकमा चयन गरिएको छ। कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियान मार्फत समग्र कृषि मूल्य श्रृङ्खलामा व्यवस्थापकीय भूमिका निर्वाह गरि नेपालको कृषि अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले मुक्तिनाथ बिकास बैङ्कको प्रमुख लगानी सहित नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरु मिलि स्थापना भएको कृषि क्षेत्रकै नेपालको पहिलो पब्लिक लिमिटेड कम्पनि हो । 

कम्पनीले सर्वसाधारण सेयरको निष्कासन एक महिना अगाडी गरिएको थियो। कृषि उत्पादन, उत्पादकत्व वृद्धि तथा उपभोक्ता हितका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको यस कम्पनीले कृषि उत्पादनका क्षेत्रमा आवश्यक पर्ने ४५० भन्दा बढी बस्तु तथा सेवा उपलब्ध गराउदै आइरहेको छ । कम्पनीले समग्र कृषि अर्थतन्त्रको विकासको लागि संस्थागत कृषि संरचनाको विकासको लागि सहकारीमा आधारित कृषि श्रोत केन्द्रकोमा जोड दिँदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved