एशियन लाईफको १६औँ एजीएम सम्पन्न, ४२ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2024 | 03:43:19 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ इन्स्योरेन्सको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा शुक्रबार सभा सम्पन्न भएको हो । 

 सभाबाट २०७९/०८० को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सभाले ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयाजनका लागि ०.४०७८ प्रतिशतले नगद लाभांश वितरण गर्ने  प्रस्ताव पारित भएको छ । 

यस्तै, ४२ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत सञ्चालक समितिबाट पारित भएको छ । २०७९/८० (एनएफआरएस बमोजिम) आषाढ मसान्तसम्मको वासलात,नाफा÷नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथि छलफल सहित पारित भएको छ । 

सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने संचालक पदमा शिला राजभण्डारीलाई नियुक्त गर्ने निर्णय सञ्चालक समितिको निर्णयलाई साधारण सभाले अनुमोदन गरेको छ । साथै आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।

शेयर संरचनामा परिवर्तन पश्चात्संचालक समितिको संरचनामा समेत परिवर्तन गर्नका लागि संचालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना तथा १ जना स्वतन्त्र संचालक रहने गरी जम्मा ६ जनाको संचालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित भएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved