शिखर इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, ४ संचालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 03:18:21 PM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्सको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालय थापाथली स्थिति आफ्नै मुख्य कार्यालय भवन शिखर बिज सेन्टर परिसरमा सभा सम्पन्न भएको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन तथा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । सभामा अध्यक्ष गौरव अग्रवालले शेयरधनीहरुको समर्थन, सहयोग र विश्वासलाई धन्यवाद ज्ञापन गरे । यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले  शिखर इन्स्योरेन्स कम्पनीको १९ औं  वार्षिक साधारण साधारणसभामा उपस्थित आदरणीय शेयरधनी महानुभावहरू, संचालक समिति, कर्मचारी मित्रहरू तथा आमन्त्रित महानुभावहरूमा हार्दिक अभिवादन व्यक्त गरे ।

सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने प्रस्ताव उपर छलफल गरि पारित गरेको छ । कम्पनीको स्वतन्त्र संचालकको नियुक्ति बारेमा बीमा ऐन २०७९ बमोजिम साधारण सभामा जानकारी गरीएको छ । कम्पनीको मिति २०७६ श्रावण २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित संचालकहरुको पदावधि समाप्त भएपश्चात आगामी वार्षिक साधारण सभासम्मको लागि पदावधि थप गर्ने तथा गौरव अग्रवाललाई संचालक नियुक्त गर्ने बारे संचालक समितिको निर्णयलाई अनुमोदन गरेको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम संस्थापक समुह “क“ का शेयरधनीबाट निर्वाचित हुने ३ (तीन) संचालक तथा सर्वसाधारण समुह “ख“ का शेयरधनीबाट निर्वाचित हुने थप १ (एक) संचालकका लागि प्रचलित कानुनी व्यवस्था को अधिनमा रही शिखर इन्स्योरेन्स कम्पनीको संचालक निर्वाचन सम्बन्धी निर्देशिका २०६३ बमोजिम निर्वाचन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

स्थापनाको २० औं वर्षमा यात्रा गरिरहँदा देशभर बीमाको पहुँच अभिवृद्धि गर्नका लागि दुर्गम भेगमा समेत शाखा विस्तार गरी ४० प्रतिशत महिला कर्मचारी सहित ६४२ कर्मचारी मार्फत ११५ वटा शाखा कार्यालयबाट बीमा सेवा प्रदान गर्दै आएको सिइओ पाण्डेले बताए । देशको ६७ जिल्लाहरूमा शाखा विस्तार गरिसकेको र आगामी दिनमा अन्य बाँकी जिल्लाहरू तथा दुर्गम क्षेत्रहरूमा समेत थप शाखा कार्यालय, उपशाखा कार्यालय तथा एक्सटेन्सन काउण्टरको माध्यमबाट बीमा सेवाको विस्तार गर्ने योजना रहेको उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved