मनकामना स्मार्ट लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 10:39:47 AM मा प्रकाशित

laxmi  sunrise bank

मनकामना स्मार्ट लघुवित्तले साधारणसभा आह्वान गरेको छ। कम्पनीले चैत्र २९ गते रुपन्देहीको होटेल पौवामा सभा आह्वान गरेको हो ।

सभामा मर्जर समबन्धि विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १६ देखि चैत्र २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत्र १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

 १. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/०८० को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३. लेखा परीक्षण समितिको सिफारिश बमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने । 


विशेष प्रस्तावहरु :

१. समता घरेलु लघुवित्त वित्तीय संस्था लि. ले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा भएको DDA मूल्यांकनर्ताको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन, शेयर आदान प्रदान दर प्रस्ताव पारित, प्रारम्भिक समझदारीपत्र तथा प्राप्ति सम्बन्धमा भएको निर्णयहरुको अनुमोदन, अन्तिम सम्झौतापत्र लगायत सो सम्बन्धी कार्यहरु गर्न गराउनको लागि संचालक समितिलाई अख्तियारी, प्राप्ति (एक्विजिशन) सँग सम्बन्धीत आवश्यक अन्य सम्पूर्ण निर्णयहरु पारित गर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved